रोयल इनफिल्डका भेट्रान सोलो राईडर प्रमोद श्रेष्ठ ‘गुफी’द्वारा सगरमाथा आरोहण

काठमाडौं । नेपालका एक मात्र रोयल इनफिल्डका भेट्रान सोलो राईडर  प्रमोद श्रेष्ठ ‘गुफी’ ले सगरमाथा सफल आरोहण गरेका छन् । जेष्ठ १ गते आइतबार (मे १५,२०२२) बिहान उनले सगरमाथा आरोहण गरेका हुन् ।उनले अप्रिल ११, २०२२ देखि आरोहण सुरु गरेका थिए । १० जना विभिन्न मुलुकका पदयात्रीसंगै उनले आरोहण पुरा गरेका हुन् ।

सगरमाथा आरोहण “८८४८ बालिकालाई बालबिबाह विरुद्ध शिक्षा (Teach 8848 Girls Against Child Marriage)” अभियानलाई सफल बनाउनका लागी अल्फा अटोमोटिभ प्रा. लि.ले त्रिवेणी ग्रुपको कार्यलयमा अप्रिल ९, २०२२ एक कार्यक्रम आयोजना गरि, कम्पनीका निर्देशक हर्ष संघाइले शुभकामनाका साथै रोयल इनफिल्डको झण्डा पनि प्रदान गरेका थिए । प्रमोद श्रेष्ठ ‘गुफी’ ले सगरमाथामा चुचुरोमा रोयल इनफिल्डको झण्डा फहराएका थिए ।

बिश्वको एक मात्र पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता त्रिवेणी समुह अन्तर्गतको अल्फा अटोमोटिभ प्रा.लि..ले नेपाल भर बिक्रि अनुमती पाएको हो । कम्पनीले आफ्नो बिक्रि, सर्भिस एवं सन्जाल विस्तार गरिरहेको छ ।

You might also like

Comments are closed.