रोयल इनफिल्ड ‘वान राइड’ सम्पन्न

काठमाडौं । रोयल इनफिल्डको लागि नेपालको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वान राईड २०२३ कार्यक्रम सम्पन्न गरेको छ । रोयल इनफिल्ड मोटरसाइकलका ग्राहकहरु अनलाइन फर्म भरेर यो राइडमा सहभागी भएका हुन् । यसपटक पनि वान राईड विश्वभर एकै दिन आयोजना गरिएको थियो ।

‘वान मिसन वर्ल्ड, वान वर्ल्ड, वान राइड’ नाराका साथ रोयल इनफिल्डले राइड आयोजना गरेको हो । आइतबार बिहान ६ बजे रोयल इनफिल्ड सोरुम नक्सालबाट सुरु भएर लाकुरे पुगेर राइड समापन भएको कम्पनीले जनाएको छ । राइडमा सहभागीलाई सडक सुरक्षाका बारेमा जनचेतना समेत गराइएको थियो ।

नेपालमा काठमाडौं लगायत १३ शहरमा राइड भएको हो । देशको ग्रामीण भेगमा पुगेर त्यहाँको आन्तरिक पर्यटनमा सहयोग गर्ने तथा समुदायमा केही सहयोग गर्ने वान राइडको उद्देश्य रहेको बताइएको छ । लाकुरेमा रहेको श्री बासुकी मा.वि. आधारभूत विद्यालयका सबै विद्यार्थीलाई खेलकुद र म्युजिकल इन्टुमेन्ट र केहि नगद सहयोग हस्तान्तरण भएको कम्पनीले जनाएको छ ।

खेलकुद साम्रगी हस्तान्तरण कार्यक्रममा लाकुरेका जनप्रतिनिधि, विद्यालयका प्रधनाधापक, लाकुरेका समाजसेबी, रोयल इनफिल्ड इन्डियाका प्रतिनिधि, अल्फा अटोमोटिभका निर्देशक तथा भारतीय राजदुतावासका कर्मचारी लगायतको सहभागिता थियो ।

वान राइडमा काठमाडौंका रोयल इनफिल्डका हिमालयन, क्लासीक ३५० तथा मेटीअर ३५०, हिमालयन स्क्र्याम ४११, हन्टर ३५० मोटरसाइकलमा सय भन्दा धेरै सहभागी थिए ।

वान राइडको पहिलो संस्करण २०११ मा आयोजना गरिएको थियो । विश्वभरका सबै रोयल इनफिल्डका ग्राहकलाई एकै ठाउँमा ल्याउने र प्योर राइडको उद्देश्यले यो राइड आयोजना गर्न थालिएको हो । यसरी शुरु गरिएको राइड विश्वमा दुईपांग्रे सवारीको सबैभन्दा ठुलो राइडमा गणना हुन थालेको छ ।

lcci
You might also like

Comments are closed.