पोखरामा १७० विद्यार्थीलाई वित्तीय तथा प्रविधि साक्षरता तालिम

काठमाडौं । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १७० जना विद्यार्थीलाई वित्तीय तथा प्रविधि साक्षरता तालिम दिएको छ । सहकारीले पोखरा १० मा रहेको कालिका माविमा अध्ययनरत नौ र दश कक्षाका अध्ययनरत छात्र तथा छात्रा गरी १७० जना विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय तथा प्रविधि साक्षरता तालिम दिएको हो ।

सहकारीका अध्यक्ष रुद्रकुमारी गुरुङले एक कार्यक्रमकाबीच तालिमको शुभारम्भ गरेका थिए । उनले रोयलको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत “विद्यार्थीसंग रोयल” भन्ने मूल अभियानका साथ विधार्थीहरुमा वित्तीय ज्ञान प्रदान गर्दै बचत गर्ने बानी बसाल्न र प्रविधिको ज्ञान दिने उद्देश्यले विद्यार्थी लक्षित तालिमको आयोजना गरिएको बताए ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले वित्तीय साक्षरता र सूचना प्रविधि सुपरिवेक्षक अविनाश पौडेलले प्रविधि साक्षरताबारे प्रशिक्षण दिएका थिए ।

यसैबीच “विद्यार्थीसंग रोयल” कार्यक्रम अन्तर्गत सात सदस्यीय “रोयल कालिका विद्यार्थी बचत क्लव” समेत गठन गरिएको छ । कार्यक्रममा अध्यक्ष गुरुङले क्लव सञ्चालनार्थ विउ पुँजी वापत ५ हजार सहायक प्राचार्य सूर्यमोहन ढकाललाई हस्तान्तरण गरेका थिए भने संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले क्लवको माइन्युट र क्लव सञ्चालन गर्ने कार्यविधी प्रदान गरेका थिए ।

उक्त क्लबमा विद्यार्थीहरु रेखा थापा, खिममाया जलारी, शुभ गुरुङ, अनिस थापा मगर, सृजना गुरुङ, मिसेल परियार र अविन सुनार चयन भएका छन् ।
विद्यालयका सहायक प्राचार्य सूर्यमोहन ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक वसन्त सिग्देलले स्वागत र सहायक प्राचार्य श्रीराम आचार्यले कार्यक्रमको सञ्चालन गरेका थिए ।

उक्त कार्यक्रममा सहकारीका कोषाध्यक्ष एवं शिक्षा उपसमिति संयोजक गिरबहादुर श्रेष्ठ, सञ्चालक कृष्ण ढकाल, शिक्षकद्वय श्रीराम गौली र कुलप्रसाद सुवेदीको समेत उपस्थिती रहेको सहकारीका सूचना अधिकारी एवं मूख्य प्रवन्धक मीलन ढकालले बताए ।

lcci
You might also like

Comments are closed.