सहकारीमा सञ्चारकर्मीको अध्ययन अवलोकन

पोखरा । पोखराको बुद्धचोकमा प्रधान कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थामा नेपाल सहकारी पत्रकार समाजको नेतृत्वमा आएका २० जना सञ्चारकर्मीले अवलोकनका साथै अन्तरकृया गरेका छन्।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको संयोजनमा भएको अध्ययन अवलोकलन भ्रमण यसपटक गण्डकी प्रदेशका केही उत्कृष्ट सहकारीहरुले गरेका असल अभ्यासहरुलाई नागरिकहरु सामु पुर्‍याउनका लागि राजधानीमा रहेर विभिन्न सञ्चार गृहमार्फत पत्रकारिता गरिरहेका युवा पत्रकारहरुलाई समावेश गरिएको नेपाल सहकारी पत्रकार समाज (सिजेएन) का अध्यक्ष काजी श्रेष्ठले बताए ।

अन्तरकृया कार्यक्रममा पत्रकारहरुले संस्थाको वित्तीय गतिविधी, सामाजिक सेवा, तरलता समस्या, सदस्यको रकमको सुरक्षा, रोजगारी प्रवद्र्धन, उत्कृष्ठ हुनुका कारणहरु, सहकारीले समाजमा पुर्‍याएको योगदान र सफलताका सूत्र आदि विषयमा दोहोरो संवाद तथा जिज्ञाशा राखेका थिए भने संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले उक्त जिज्ञासाको सम्बन्धमा र संस्थाको विस्तृत प्रस्तुतिकरणसहित सम्बोधन गरेका थिए ।

संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङको अध्यक्षतामा भएको अन्तरकृया कार्यक्रममा उपाध्यक्ष क्या.चन्द्रप्रसाद गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए । अन्तरकृया कार्यक्रम पश्चात सञ्चारकर्मीहरुले पोखरा रोयल सहकारीका ९९ जना महिला सदस्यहरुबाट सञ्चालन भएको रोयल दिदीबहिनी किचनको समेत अवलोकन गरेका थिए ।

पोखरा रोयल सहकारी सहकारीकर्मीहरुको एउटा अध्ययन अवलोकन केन्द्रको रुपमा रहेको छ। पछिल्लो समयमा देशविदेशबाट आउने सहकारी कर्मी सेयर सदस्यहरु, सञ्चालकहरु, कर्मचारीहरु, नीति निर्माता, विभिन्न कलेजका विधार्थीहरु र जनप्रतिनिधीहरुको विशेष चासोको केन्द्र बन्दै आईरहेको संस्थाका व्यवसाय विभाग प्रमुख अविनास पौडेलले बताए ।

You might also like

Comments are closed.