२५ औं वार्षिकोत्सवको अवसरमा होटल रोयल सिंगीले ल्यायो विभिन्न अफर !

काठमाडौं । होटल रोयल सिंगीको २५ औं वार्षिकोत्सव सम्पन्न भएको छ । होटलले माघ ६गते शुक्रबार (जनवरी २० तारिख) का दिनमा आफ्नो २५ औं वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवको कार्यक्रम मुख्य अतिथि नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीद्वारा पानस बत्ति बालेर शुरु गरेका थिए ।

उक्त कार्यक्रमा बोल्दै संचालक अध्यक्ष टासी घलेले उत्कृष्ट नेपाली आतिथ्य प्रदान गर्ने लक्ष्यका साथ स्थापित यस होटलसंग सहयात्रा गरि साथ दिने विशिष्ट पाहुनाहरुका साथै ट्राभल र ट्रेकिङ अपरेटरहरू, एयरलाइन्सहरु, कर्पोरेट हाउसहरू, बैंक तथा वित्तीय संस्थाहरू, सरकारी निकाय र संघसंस्थाहरूलाई धन्यवाद दिए ।

अध्यक्ष घलेले भने, ‘हामी हाम्रो २५औं वार्षिकोत्सव मनाउने गतिविधिहरू अन्तर्गत आजको दिन हाम्रा पाहुनाहरूलाई विशेष महसुस गराउन पाउदा खुसी छौं । उत्कृष्ट सेवाका लागि समर्पित हाम्रो टिमका सदस्यहरु र साझेदारहरुप्रति हृदयदेखि कृतज्ञता व्यक्त गर्न चाहन्छु ।’

यस होटल रोयल सिंगीले विगत २५ वर्षमा प्राप्त गरेका अनुभव र बदलिँदो आधुनिक भविष्यमा समयानुकुल अझ स्तरीयरुपमा आफ्नो सेवा सुविधा प्रदान गर्ने प्रण गरेको छ ।

यस होटलेले  २५ औं वार्षिकोत्सवको अवसरमा विभिन्न सुविधाहरू र कार्यक्रमहरूको शुरुवात गरेको छ । यी नयाँ प्रोग्राम र अफरहरू वार्षिकोत्सव कार्यक्रममा लन्च हुनेछन् र फेब्रुअरी १३, २०२३ सम्म मात्र २५ दिनका लागि संचालन हुने छन् ।

यसमा शर्तहरु लागु हुने छन्, जस्तै घरेलु पर्यटकका लागि नेपाली रुपियाँ लाग्ने छ र नेपाली नागरिकले होटलबाट सिधै बुकिङ गर्न सकिने छ । यो पुर्णरुपमा प्रि-पेड हुने छ भने यसमा ब्रेकफास्ट समावेश हुने छैन )

-फेब्रुअरी १ देखि २८ सम्म, अतिथिहरूले होटलको आउटलेट The BLVD मा खाना र पेय पदार्थमा २५ प्रतिशत छुट प्रदान गरिने छ ।यो अफर ए ला कार्टे लन्च वा डिनरमा बढीमा ८ अतिथिहरुका लागि मान्य हुने छ । फेब्रुअरी महिनाभरि, प्रोन्टो क्याफे (लबी र गार्डेन) मा चिया/कफी र केक बिहान ११ बजेदेखि ७ बजेसम्म २५० रुपैया नेटमा उपलब्ध हुने छ भने साँझ ५ बजेपछि २५ प्रतिशत छुट दिइने छ ।आफ्नो विवाहको रिसेप्शन बुकिङ गर्ने पहिलो २५ जनालाई २५औं वार्षिकोत्सवको अवसरमा प्रति व्यक्ति २ हजार ५ सय नेटको विशेष दरमा मेनु उपलब्ध गराइने छ ।

-डिसेम्बर ३१, २०२३ सम्म आफ्नो २५औ जन्मदिन मनाउने सबै अतिथिहरुलाइ होटलको आउटलेट BLVD मा सबै खाना र पेय पदार्थहरूमा २५ प्रतिशत छुट दिइने छ । यसको प्रमाणीकरणको लागि सरकारबाट जारी परिचय पत्र प्रस्तुत गर्न आवश्यक हुनेछ र यो ए ला कार्ट लन्च वा डिनरमा अधिकतम आठ अतिथिहरूलाई मात्र लागू हुनेछ ।

होटल रोयल सिंगी एक पारिवारिक उद्यमका रुपमा टाशी घलेद्वारा स्थापित हो, जसले यस परिवारको गौरवको विकास गर्नु अघि काठमाडौं सहरमा पहिले दुईवटा सम्पत्तिको स्वामित्व र सञ्चालन गरेका थिए ।

यस होटलले स्थापना भएदेखि नै राष्ट्र र पर्यटकीय उद्योगमा प्रतिष्ठाको साथ सबै सुविधा र सेवाहरूमा आवश्यक स्तरवृद्धि जारी राखेको छ । राम्रोसँग प्रशिक्षित सेवामुखी टिमका साथ एक प्रमुख स्थानमा अवस्थित, होटल सबै ट्राभल, व्यापार, एक्सपेडिसन, ट्रान्जिट वा लेइजरको लागि उपयुक्त रहेको छ ।

होटलमा डिलक्स र एक्जुकेटिभ कोठाहरु, सिग्नेचर सुइटस र बेस्पोक रेसिडेन्सी, ३ वटा खाना र पेय पदार्थका आउटलेटहरू छन् । त्यस्तै ५ वटा भन्दा बढी परिष्कृत सुविधा सहितका कार्यक्रम र बैठक गर्ने ठाउँहरू रहेका छन् ।

 

You might also like

Comments are closed.