आरएसडीसी लघुवित्तद्वारा ११ प्रतिशत लाभांश घोषणा

काठमाडौं ।  आरएसडीसी लघुवित्त वित्तीय संस्थाले ११ प्रतिशत लाभांश घोषणा गरेको छ ।

लघुवित्त वित्तीय संस्थाको मंसिर १० गते शनिबार बसेको सञ्चालक समिति बैठकले बैंठकले आ. व. २०७८/७९को संचित मुनाफाबाट हाल कम्पनीको कायम चुक्ता पुँजी ८० कारोड ५१ लाख ५५ हजार ७४१ रुपैयाँ २८ पैसाबाट ११ प्रतिशत लाभांश घोषणा गरेको हो ।

हाल कम्पनीको कायम चुक्ता पुँजी ८० कारोड ५१ लाख ५५ हजार ७४१ रुपैयाँ २८ पैसा रहेको छ ।  लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

jutta mela

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आरएसडीसीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । आरएसडीसीले अघिल्लो वर्ष भने १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

You might also like

Comments are closed.