साथी पार्टनर्सले पुँजी वृद्धिका लागि आन्तरिक सेयर बिक्री गर्ने

काठमाडौं । साथी पार्टनर्स लि.ले पुँजी वृद्धिका लागि आन्तरिक सेयर बिक्री गर्ने भएको छ। यस आर्थिक वर्षमा १५ करोड ७३ लाख चुक्ता पुँजी पुर्‍याउने उद्देश्यसहित १० लाख कित्ता संस्थापक सेयर आन्तरिक बिक्रीमार्फत व्यावसायिक सोचका व्यक्तित्वहरू कम्पनीमा जोड्ने लक्ष्य रहेको कम्पनीका संस्थापक अध्यक्ष तथा साथीमार्टका सि.ई.ओ सागर पोखरेल जानकारी दिए ।

‘२०८०/८१ भित्र कम्पनीको कुल चुक्ता पुँजी एक अर्ब ५० करोड पुर्‍याई आईपिओमा समेत जाने लक्ष्य छ,’ पोखरेलले भने, ‘आगामी योजनाहरू कार्यन्वयन गर्नका लागि कम्पनीले करिब १० लाख कित्ता सेयर टिम, प्रमोटर तथा आन्तरिक स्रोतमार्फत् पुँजी वृद्धी गर्ने र कम्पनीको चुक्ता पुँजी हाललाई १५ करोड ७३ लाख रुपैयाँ पुर्‍याउने लक्ष्य राखेका छौँ ।’

साथी पार्टनर्स लि. पब्लिक भेन्चर कम्पनी साथीमार्टको टिममार्फत केही विषेश तथा ठूला योजनासहित साउन १ गतेबाट औपचारिक रुपमा सुरु भएको हो । यो कम्पनी अन्तर्गत साथीमार्ट, साथी प्रोडक्सन, इलेक्ट्रेनिक्स, उत्पादन, कृषि, कपडा ब्राण्ड, मःम फुड तथा फ्रोजन, कस्मेटिक, टेक्नोलोजीलगायत ७ भन्दा बढी कम्पनीमा लगानी गरी देशकै राम्रो ग्रुप अफ कम्पनी बनाउने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

यस कम्पनीको स्थापनाले साथीमार्टको उत्पादनदेखि रिटेलसम्मका क्षेत्रमा काम गरी लोकल उत्पादकलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने उद्देश्यमा ठूलो फडको मार्ने कम्पनीको दाबी छ ।

उक्त कम्पनीमा ५ जनाको अनुभवी संचालक समितिसमेत रहेको छ । ७ वटाभन्दा बढी सफल तथा भविष्यमुखी कम्पनीमा लगानी गरी उत्पादनदेखि रिटेल, टेक्नोलोजीदेखि अनलाइन शपिङ र कृषि क्षेत्रका राम्रा व्यावसायिक योजनामा काम गर्ने यस पब्लिक कम्पनीको अधिकृत पुँजी ५० करोड र चुत्ता पुँजी हाललाई ५ करोड ७३ लाख रहेको पोखरेलले जानकारी दिए ।

lcci
You might also like

Comments are closed.