साथीमार्टमा युवाको आकर्षण बढ्दो, गोकर्णेस्वरको नारायणटारमा नयाँ आउटलेट खुल्दै

काठमाडौं । नेपालकै ठूलो रिटेल चेन साथीमार्टको नयाँ आउटलेट गोकर्णेस्वर, ५ नारायणटारमा सुरु हुने भएको छ । उक्त आउटलेट भदौ ४ गते (शनिबार) देखि औपचारिक रूपमा सुरु हुने भएको छ । भर्खरै उच्च शिक्षा सकेर बसेका छेवाङ शेर्पाले उक्त आउटलेट सञ्चालनमा ल्याएका हुन् ।

‘पढाई सकेर आफ्नो केही व्यवसाय सुरु गर्न चाहेको र रिटेल व्यवसायमा पहिलेदेखि नै इच्छुक भएकाले यस क्षेत्रमा लगानी गरेको हुँ,’ उनी भन्छन् ‘थुप्रै मार्केट रिर्सच गरेँ । त्यसमध्ये नेपाली मार्केटमा साथीमार्टको नयाँ व्यावसायिक पहल देखर प्रभावित भई साथीमार्टसँग जोडिएको हुँ ।’

साथीमार्टसँग जोडिएपछि एउटा ठूलो टिममा काम गर्न पाउनुका साथै राष्ट्रिय स्तरको नेटवर्कमा जोडिएर नेपालको रिटेल इतिहासमा फरक तरिकाले प्रस्तुत हुने शेर्पाले बताए।

नौ सय वर्गफिटको आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्टलगायतका सामान उपलब्ध हुनेछन् । साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइटमा आफुलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा मगाउन सक्नेछन् ।

एउटै लगानीमा खुद्रा व्यापार (आउटलेट), ई–कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुविधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.