जुम्लामा पहिलो पटक साथीमार्टको फ्रेन्चाइज आउटलेट खुल्दै

जुम्ला ।नेपालकै ठुलो ओटुओ (अफलाइन टु अनलाइन) साथीमार्टले जुम्ला बजारमा आफ्नो नयाँ फ्रान्चाइज आउटलेट सञ्चालनमा ल्याउने भएको छ ।

आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने उक्त मार्ट जुम्लाकै पहिलो स्मार्ट सपिङ मार्ट भएको साथीमार्ट इन्कर्पोरेट प्रालिका सँस्थापक सिइओ सागर पोख्रेलले बताए ।

प्रमुख जिल्ला अधिकारी विजय कुमारी प्रसाई र चन्दननाथ नगरपालिकाका नव निर्वाचित मेयर राजु सिङ कठायतले उद्घाटन गरेने कार्यक्रम छ ।

jutta mela

ग्रोसरी रिटेल विजनेसमा पहिले देखि नै इच्छा भएको र साथीमार्टसँग जोडिएर जुम्लामा ग्राहकहरुलाई स्मार्ट शपीङ अनुभव दिन मार्ट सुरु गरिएको मार्टका सन्चालक अङ्गत प्रसाद देवकोटाले बताए । देवकोटा स्टेसनरी ब्यवसायी समेत हुन् ।

‘पुरानै शैलीमा शपिङ गर्ने चलन चल्दै आएको ठाउँमा साथीमार्टसंग जोडिएर ग्राहकलाई मार्टको सपिङ अनुभव दिने तयारीमा छौं ।’ देवकोटा थप्छन् । २१ औं सताब्दिमा मा प्रविधि र सहरीकरणले फड्को मार्दै अगाडि बढेको छ भने, रिटेल सेक्टरमा पनि यस्तै प्रगति देखिएको छ तर हाम्रो जुम्लामा हामी अलिक पछि परि रहेको महसुस भयो र यसको निम्ती नै

मिसन र भिजन मनपरेर हातेमालो गर्दै ब्यवसाय साझेदारी गरिएको हो । ७ सय वर्गफिटको आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान हुनेछन् ।

फ्रेन्चाइज स्टोर सँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पुर्ण स्वामित्वमा नेपालका विभिन्न सहरमा छिट्टै ठुला आउटलेट सन्चालनमा ल्याउने तयारी रहेको बताइएको छ ।

एउटै लगानीमा खुद्रा ब्यापार (आउटलेट), ई–कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुबिधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको कम्पनीको दावी छ ।

You might also like

Comments are closed.