काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले १८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
माघ ११ गते बुधबार बसेको कम्पनीको संचालक समितिको बैठकले चुक्ता पुँजीको आर्थिक वर्ष ७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १८.९५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
हाल कायम चुक्ता पुँजीको १८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.९५ प्रतिशत नगद लाभांश गरि कुल १८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश बितरण गरिनेछ ।
Comments are closed.