सबैको लघुवित्तले १८.९५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं ।  सबैको लघुवित्त वित्तीय संस्थाले १८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

माघ ११ गते बुधबार बसेको कम्पनीको संचालक समितिको बैठकले चुक्ता पुँजीको आर्थिक वर्ष ७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १८.९५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

हाल कायम चुक्ता पुँजीको १८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.९५ प्रतिशत नगद लाभांश गरि कुल १८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

jutta mela

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश बितरण गरिनेछ ।

You might also like

Comments are closed.