सुदूरपश्चिम विकास समाज कास्कीको अध्यक्षमा युवा व्यवसायी सागर ऐर

पोखरा । सुदूरपश्चिम विकास समाज कास्कीको अध्यक्षमा युवा व्यवसायी सागर ऐर निर्वाचित भएका छन् । शनिबार सम्पन्न पाँचौं अधिवेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा निरज पन्त, सचिवमा हरेन्द्रराज जोशी, कोषाध्यक्षमा मन्जु खत्री, सहसचिवमा पुष्पा भट्ट निर्वाचित भएका छन् । सदस्यमा भीम खत्री, अशोक बोहोरा, रामसिंह कार्की, तीर्थ अवस्थी र महेश ढकाल निर्वाचित भएका छन् ।

सुदूरपश्चिम र पोखरालाई जोड्ने गरी आफ्नो कार्यकालमा विभिन्न कार्यक्रम गर्ने नवनिर्वाचित अध्यक्ष ऐरले बताए । ‘सुदुरपश्चिमको संस्कृति झल्कने गरी कार्यक्रम गर्नेछौं,’ उनले भने ।

You might also like

Comments are closed.