राष्ट्रिय सहकारीको २० औं स्थापना दिवस आज

काठमाडौं ।  “हाम्रो लक्ष्य : सम्पूर्ण सहकारीको दिगो भविष्य” नाराका साथ आज राष्ट्रिय सहकारी बैंकले २० औं स्थापना दिवस मनाउँदै छन् ।

सहकारी विभागमा २०६० साल असार २५ गते दर्ता भई २०६१ श्रावण १९ गतेराष्ट्रिय सहकारी बैंक लिमिटेडले पहिलो पटक कारोवार शुभारम्भ गरेको दिनलाई स्थापना तथा कारोबार शुभारम्भ दिवसको रुपमा स्मरण गर्दै सदस्य संघ/संस्थाहरु एवम् सहकारी अभियानमा सहयोग गर्नेप्रति धन्यवाद समेत दिएको छ ।

नेपाल राष्ट्र बैंकबाट २०६७ श्रावण १० गते सीमित बैंकिङ कारोवारको लागि स्वीकृत प्राप्त सहकारी बैंकले संस्थागत सुशासन र सदस्यमुखी व्यवहारमा उल्लेख्य प्रगति हासिल गर्दै मुलुकभर रहेका करीव ३० हजार सहकारी संघ÷संस्थाहरुको एउटै र आफ्नै बैंकको रुपमा सात वटै प्रदेशमा रहेका ६८ वटा शाखा र केन्द्रीय कार्यालय गरि ६९ कार्यालयबाट करिव १६ हजार सदस्य सहकारी संघ/संस्थाहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

सहकारी बैंकले आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तमा २ अर्व ९१ करोड भन्दा बढि शेयर पूँजी सहित कुल सम्पत्ति करिव रु। ६० अर्ब पुर्‍याउन सफल भएको छ । आर्थिक नीतिका ३ खम्बा मध्येको सहकारी क्षेत्रको विकासमा यस बैंकले आफूलाई समाहित गर्दै आएको छ ।बैंकले “उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक” परिकल्पना गरी १० वर्षे रणनीतिक योजना तय गरी अघि बढिरहेको छ ।

बैंकको आन्तरिक सवलीकरण तथा सुशासन, नविनतम प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय सञ्जालीकरणमा प्रभावकारी उपस्थिती, गुणस्तरीय सेवामार्फत सहकारी संघ/संस्थाको दिगो विकासमा टेवा, सहकारीहरुको आन्तरिक सवलीकरण र व्यावसायिक सफलताका लागि बैंकको वित्तीय तथा गैर-वित्तीय सेवाहरुमा विविधीकरण, सहकारी शिक्षा तथा तालिम संचालन, सहकारी स्तरोन्नतीका लागि स्तरीकरण कार्यक्रम लगायत विविध कार्यक्रम संचालन तथा प्रादेशिक रुपमा सहकारीको संस्थागत विकास कार्यक्रम, सहकारी संघहरुको सवलीकरण, सरकारी नीति तथा कार्यक्रममा तीन वटै तहका सरकारहरुसँग सहकार्य गर्दै राष्ट्रको बिकास तथा संयुक्त राष्ट्र संघको दीगो विकास लक्ष्य प्राप्तीमा सहकारी क्षेत्रको भूमिका तथा योगदानमा उल्लेख्य वृद्धि गर्ने गरी बजेट तथा कार्यक्रम विकास गरिएको छ ।

 

lcci
You might also like

Comments are closed.