सहकारीको पहिलो प्राथमिकता सुशासनमा हुनुपर्छ : महाप्रबन्धक सुब्बा

काठमाडौं ।राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले सहकारीको पहिलो प्राथमिकता सुशासनमा हुनुपर्ने जोड दिएकी छन् ।

उनले महासंघले २३ देखि २६ साउनसम्म आयोजना गरेको सहकारी लेखा व्यवस्थापन तालिमको समापनको अवसरमा बोल्दै भनिन्, ‘लेखा प्रणालीलाई व्यवस्थित रुपमा राख्दा मात्र पनि सहकारी संस्थामा समस्या सिर्जना हुँदैन ।’ उनले भरपर्दो सफ्टवेयर नभएका कारण पनि सहकारीमा समस्या आएको बताए । ‘गुणस्तरीय कोर बैंकिङ सफ्वेयर छनोट गरेर प्रयोग गर्न आग्रह गर्दछु’ उनले बताए ।

उनले सो अवसरमा सहरी क्षेत्रमा संचालित सहकारी संस्थाहरुमा सुशासन नहुँदा समस्या देखा परेको बताउनुभएको छ । महासंघले दिगो, मर्यादित र सुशासित सहकारी संस्थाको अवधारण अगाडि सारेको बताउँदै उनले केहि खराब संचालकहरुका कारण सहकारीको महत्वपूर्ण योगदान समेत ओझेलमा परेकाले यसतर्फ सचेत हुन र लेखा व्यवस्थापनमा सम्झौता गर्न नहुने बताइन् ।

jutta mela

चार दिवसीय तालिममा महासंघका वरिष्ठ प्रबन्धक गोपीकृष्ण भण्डारी, तेजप्रसाद गौतमलगायतले सहजीकरण गरेका थिए । समापन कार्यक्रममा महासंघका नायव महाप्रबन्धक सुरेश थापाको समेत उपस्थिति थियो । तालिमको व्यवस्थापन महासंघका तालिम अधिकृत देवीमाया बाँस्कोटाले गरेकी थिइन् ।

You might also like

Comments are closed.