सम्पति सुद्धिकरण निवारण तथा जोखिम विश्लेषण तालिम सम्पन्न

काठमाडौं ।  राष्ट्रिय सहकारी महासंघद्वारा सञ्चालित सम्पति सुद्धिकरण निवारण तथा जोखिम विश्लेषण तालिम सम्पन्न भएको छ । तालिम समापनका अवसरमा सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै महासंघका अध्यक्ष मीनराज कंडेलले महासंघ सिङ्गो सहकारी अभियानको छाता संगठन भएकाले क्रियाशिल भई आफ्नो भूमिका निर्वाह गर्नुपर्ने वताए ।

कोभिड महामारीको समयमा पनि महासंघले सहकारी संघसंस्थाहरुको क्षमता अभिवृद्धिका लागि निरन्तर रुपमा विभिन्न तालिम कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी गराउँदै सहकारी संघका लागि सम्पति शुद्धिकरण निवारण तथा जोखिम विश्लेषण तालिम महत्वपूर्ण भएको बताए । साथै उनले सदस्यहरुको विश्वास जित्न सफल सहकारी संघरसंस्थाहरु डराउनु नपर्ने बताए ।

सोही अवसरमा महासंघका महाप्रबन्क चित्रा कुमारी थाम्सुहाङ्ग सुब्बाले सम्पत्ती शुद्धिकरण निवारण कार्यविधिमाथि प्रकाश पार्दै कानूनको अज्ञानता कसैलाई पनि क्षम्य नहुने भएकाले सहकारी संघरसंस्थाहरुमा संस्थागत सुशासन प्रवद्र्धन गर्नका लागि पनि सम्पत्ती शुद्धिकरण निवारण कानून सबैले अनिवार्य रुपमा पालना गर्नुपर्ने बताताइन् ।

jutta mela

सहभागीहरुको तर्फबाट बोल्दै जिल्ला सहकारी संघ लि। रुपन्देहीका सञ्चालक गंगालाल सापकोटाले महासंघले आयोजना गर्ने तालिमहरु प्रादेशी रुपमा सञ्चालन गर्न सके दुरदराजका संस्थाहरु समेत लाभान्ति हुने बताए । त्यसैगरी, सहभागीको तर्फबाट बोल्दै अर्का सहभागी, सृष्टी बचत तथा ऋण सहकारी संस्था लि। सिन्धुलीकी मिथुला घिमिरे प्याकुरेलले तालिम फलदायी र व्यवहारिक भएको बताउँदै यस्ता खाल्का तालिम आबासिय भइदिए मोफसलबाट आउने सहभागीहरुको लागि सहजता हुन सक्ने सुझाव दिए ।

यही श्रावण ३० र ३१ गते सञ्चालन भएको सो तालिममा देशैभरिका विभिन्न सहकारी संघ र संस्थाहरुबाट ४३ जनाको सहभागिता रहेको थियो ।
उक्त दुईदिवसीय तालिममा सम्पत्ती शुद्धिकरण निवारण अनुसन्धान बिभागका प्रकाश सापकोटा, ऋषिराम पोखरेल, कृष्ण प्रसाद मैनाली, अर्थ मन्त्रालय आर्थिक निति महाशाखाका उप निर्देशक हरि नेपाल, राष्ट्रिय सहकारी महासंघका सञ्चार अधिकृत रामसुदन तिमिल्सिना, नेपाल राष्ट्र बैंक बित्तिय जानकारी ईकाइका सहायक निर्देशक अमिष शर्मा लगायतले सहजिकरण गरेका थिए ।

महासंघका वरिष्ठ प्रवन्धक तथा शिक्षा तथा तालिम विभागका बिभागीय प्रमुख गोपिकृष्ण भण्डारी लगायतको उपस्थिति रहेको उक्त तालिम कार्यक्रमको संयोजन तालिम अधिकृत देबीमाया बास्कोटाले गरेकी थिइन् ।

You might also like

Comments are closed.