रुपन्देही,नवलपरासी र कपिलवस्तुका ९ सहकारीबीच मर्जर सम्झौता

काठमाडौं । रुपन्देही,नवलपरासी र कपिलवस्तुका ९ वटा सहकारी संस्थाहरुबीच मर्जर सम्झौता भएको छ ।

रुपन्देही,नवलपरासी र कपिलवस्तुका ९ सहकारी मिलेर बहुउद्देश्यीय सहकारी मिलेर सिद्धबाबा बहुउद्देश्यीय सहकारी संस्था (प्रस्तावित) गठन गर्ने सम्झौता भएको हो ।जसमा रुपन्देहीका एक सहकारीसहित ७ वटा बहुउद्देश्यीय तथा कपिलवस्तु र नवलपरासीका एकरएक वटा सहकारी रहेका छन् ।

मर्जर हुने सहकारीहरुमा बुटवलको आगन्तुक बचत तथा ऋण सहकारी संस्था, भैरहवाको सार्थक र जनप्रिय, बुटवलका शाइन, उपदेश, उपकार र बरदान बहुउद्देश्यीय सहकारी संस्था तथा कपिलवस्तु चन्द्रौटाको शुभ सन्देश र पश्चिम नवलपरासीको शुभश्री बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् ।

मर्जर पश्चात सहकारीको कुल निक्षेप संकलन ३३ करोड ४४ लाख ७२ हजार २ सय ८७ हुने प्रस्तावित सिद्धबाबा वहुउद्देश्यीय सहकारी संस्था तदर्थ समितिका अध्यक्ष प्रकाश खनालले जानकारी दिएका छन् । यस्तै कर्जा प्रवाह २९ करोड ६२ लाख ८५ हजार ९ सय ८२ हुने छ ।

एकीकरण पश्चात संस्थामा १२।६९ प्रतिशत तरलता कायम हुने जनाइएको छ । यस्तै अचल सम्पत्ति २ करोड ८१ लाख ६७ हजार १ सय ४७ र शेयर पुँजी ३ करोड ७१ लाख ४२ हजार ३ सय ३ रुपैयाँ हुनेछ भने एकीकरण पश्चत शेयर सदस्यहरुको संख्या २२ हजार ४ सयस १३ जना रहने छन् ।

 

 

You might also like

Comments are closed.