राष्ट्रिय सहकारी बैंकमा उत्कृष्ट कारोबार गर्ने सहकारीहरुलाई सम्मान

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लि.ले शाखा स्तरमा उत्कृष्ट कारोबार गर्ने प्रारम्भिक सहकारीलाई सम्मान गरेको छ । बुधबार एक कार्यक्रमबीच बैंकले सम्मान गरेको हो ।

न्युरोड शाखा, कलंकी शाखा, गोंगबु शाखा, चाबहिल शाखा र बानेश्वर शाखाबाट उत्कृट कारोबार गर्ने सहकारीलाई सम्मान गरिएको हो । शाखामा नियमित र उत्कृष्ट कारोबार गर्ने सहकारीहरु सम्मानित भएका हुन् ।

कलंकी शाखाबाट नियमित तर्फ प्राज्ञिक बहुउद्देश्यीय सहकारी संस्था लि.कुुलेश्वर काठमाडौं सम्मानित हुँदा उत्कृष्ट तर्फ स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि. कालिमाटी सम्मानित भएको छ ।

गोंगबु शाखाबाट नियमिततर्फ इच्छेश्वर बचत तथा ऋण सहकारी संस्थाले र उत्कृष्टतर्फ श्री गणेश बचत तथा ऋण सहकारी संस्था लि. गोंगबु सम्मानित भएका छन् ।बानेश्वर शाखामार्फत नियमिततर्फ नागरिक कल्याण बचत तथा ऋण सहकारी संस्था गोठाटार र उत्कृष्टतर्फ पब्लिक सुत्रधार बहुउद्देश्यीय सहकारी संस्था लि.मध्यबानेश्वर सम्मानित भएका छन् ।

त्यस्तै न्युरोड शाखामार्फत नियमिततर्फ आरति बहुउद्देश्यीय सहकारी संस्था लि. न्युरोड र उत्कृष्टतर्फ ब्राइट बचत तथा ऋण सहकारी संस्था लि.बागबजारले सम्मान प्राप्त गरेका छन् । चाबिहल शाखामार्फत कारोबार गर्ने प्रारम्भिक सहकारीमध्ये नियमिततर्फ जनलहर बचत तथा ऋण सहकारी संस्था लि. चाबहिल र उत्कृष्टतर्फ सर्वोच्च विकास बचत तथा ऋण सहकारी संस्था लि.चाबहिल सम्मानित भएका छन् ।

सहकारीका अध्यक्ष केवि उप्रेतीको प्रमुख आतिथ्यतामा तथा बैंकका सञ्चालक एवं बागमती प्रदेश संयोजक ज्ञानबहादुर तामाङको सभापतित्वमा कार्यक्रम भएको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद गुरागाईंले स्वागत मन्तव्य राखेका थिए । सो अवसरमा अन्तरक्रिया कार्यक्रमसमेत भएको थियो ।

कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष उप्रेतीले सहकारीको रकम सहकारी बैंकमा नै जम्मा गर्न सबैलाई आग्रह गरे ।
कार्यक्रममा बैंकका संचालकहरु हरिहर नाथ योगी, पार्बती थापा, केदार मानान्धर, ५ वटै शाखाका शाखा समन्वय उपसमितिका संयोजक तथा सदस्य सेवा विभागका वरिष्ठ अधिकृत, काठमाडौंका सम्पूर्ण शाखाका प्रमुख एवं कर्मचारीको उपस्थिति रहेको न्युरोड शाखा प्रमुख केदारनाथ उप्रेतीले जानकारी दिए ।

lcci
You might also like

Comments are closed.