केन्द्रीय उपभोक्ता सहकारी संघको अध्यक्षमा चौलागाई

काठमाडौं । नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघ लि. को अध्यक्षमा टेकप्रसाद चौलागाई सर्वसम्मत चयन भएका छन् । संघको आइतबार सम्पन्न साधारणसभाले चापागाईलाई अध्यक्षमा चयन गरेको हो ।

समितिको पदेन सदस्यमा निवर्तमान अध्यक्ष दीपक राज पौडेल, उपाध्यक्षमा शिवगोपाल थापा, सचिव अर्चना अमात्य, कोषाध्यक्ष रामचन्द्र अर्याल चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा चन्द्रा पराजुली, नारायण रिमाल, गोविन्द रिमाल, चेतनारायण यादव, दिपक घिमिरे, चन्द्र ठकुरी, रेखा अर्याल चयन भएका छन् ।

jutta mela

त्यस्तै, लेखा संयोजक लक्ष्मण महर्जन, सदस्य कमल कँडेल र सुर्य प्रसाद शर्मा चौलागाई पनि चयन भएका छन् ।

You might also like

Comments are closed.