साझाको विद्युतीय वसले आजबाट सेवा शुरु गर्दै

काठमाडौं । साझा यातायातले पहिलो चरणमा ल्याएका तीन वटा विद्युतीय बस आजबाट शुरु सेवा गर्न लागेको छ । चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीको विद्युतीय बसको कारखनामा यी बस तयार भएका हुन् ।

चीन मै ‘ग्रेडबिलिटी टेस्ट’ ‘उकालो तान्न सक्ने क्षमता’ परीक्षण गरेपछि नेपालमा ल्याइएको थियो ।बसमा महिला चालक र सहचलकको रहेका छन् ।

बाँकी ३७ वटा वस पनि आउने क्रममा रहेको साझा याताायतले बताएको छ । सीएचटीसीएचओसँग साझाले प्रति बस डेढ करोड रुपैयाँ मूल्यमा किनेको हो ।

jutta mela

साझाले ४० वटा बसमा करिब ६१ करोड खर्चिंदै छ । अहिले ९ मिटर लामो बस किनिएको हो ।यसपछि १२ मिटर लामा र अन्तरप्रदेश चल्ने विद्युतीय बसहरु पनि ल्याउने साझाको योजना छ ।

अहिले २५ सिट र सोभन्दा बढी क्षमताका विद्युतीय बस काठमाडौंमा आएका छन ।यी बसहरुमा वाइफाइ, टिभी डिस्प्ले, सीसी क्यामेरा लगायतका विशेषता पनि छन । अपांगहरु चढ्न मिल्ने -याम्पसहितको सुविधा समेत दिइएको छ ।

You might also like

Comments are closed.