साकोस शिखर गोष्ठी आज पनि, यस्ता छन् विषय सूची

काठमाडौं । ‘दीगो एवं एकीकृत सञ्जालको लागि नविनतम साझा प्रविधि’ मुल भाव र संकल्पसहित सुरु भएको साकोस शिखर गोष्ठी २०७९ को आज पनि जारी रहेको छ ।

आइतबारबाट सुरु भएको गोष्ठी आज साझा घोषणा पत्र जारी गरी समापन हुँदैछ । गोष्ठीमा आज तीन वटा सामुहिक सत्र र २ वटा ब्रेक आउट सत्र हुँदैछ ।
एसियाली ऋण महासंघका प्रमुख प्राविधिक अधिकृत सञ्जित हिताचारीले ‘साकोसहरुले अवलम्बन गरेको नयाँ सामान्य संस्कृतिः कोभिड १९ को प्रतिक्रिया’ विषयक कार्यपत्र प्रस्तुत गर्दैछन् ।

त्यस्तै नेपाल सरकारका पूर्व सचिव गोपिनाथ मैनालीले ‘संघीयतामा वित्तीय सहकारीहरुः प्रर्वद्धन, विकास र सुशासन र नेपाल’ विषय कार्यपत्र सामुहित सत्रमा प्रस्तुत गर्नेछन् ।

jutta mela

त्यस्तै ब्रेक आउट सत्रमा सहकारी विभागमा पूर्व रजिष्ट्रार सुर्दशन ढकालले वित्तीय सहकारीमा गुणस्तर विकासः अन्तर्राष्ट्रिय अभ्यास र नेपाल कार्यपत्र प्रस्तुत गर्नेछन् भने भने नेपाल राष्ट्र बैंकका उप निर्देशन डा. रमेश चौलागाईले ‘सहकारीमा जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणाली’ विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै सामुहिक सत्रमा मानवोदय इन्स्टिच्युट अफ पार्टिसिपेटरी डेभलपमेन्ट भारतका निर्देशन वरुण विद्यार्थीले ‘नेतृत्व रुपान्तरणः प्रत्येक नेतृत्वले अंगाल्नु पर्ने महत्वपूर्ण परिवर्तन’ विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

गोष्ठीले बचत ऋण सहकारीमा नवीनतम प्रविधि, सञ्जालीकृत तथा दिगो अभियानमा विशेष जोड दिएको छ । कोभिड चुनौतीपछि सहकारीमा प्रविधिको आवश्यकता बढेकोले गोष्ठीका सबै कार्यपत्रहरुमा प्रविधिलाई बिशेष प्राथमिकता दिइएको नेफ्स्कूनले बताएको छ ।

You might also like

Comments are closed.