सेल्सवेरी र सेलवेजमा ‘मेड इन नेपाल’ अभियान सुरु, २ महिनासम्म चल्ने

काठमाडौं । सेलवेज ग्रुप अन्तर्गतको सेल्सवेरी र सेलवेज डिपार्टमेन्टल स्टोर्सले ‘मेड इन नेपाल’ अभियान सुरू गरेको छ । स्वदेशी उत्पादनलाई चिनाउने तथा प्रवद्र्धन गर्ने लक्ष्यसहित आयोजित अभियानको शनिबार उद्घाटन गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठले सेल्सवेरीको सातदोबाटो शाखामा आयोजित एक कार्यक्रमबीच मेड इन नेपाल अभियानको उद्घाटन गरे ।

उक्त अवसरमा बोल्दै श्रेष्ठले नेपाली उत्पादनलाई सबैले प्राथमिकतामा राख्नुपर्ने बताए । स्वदेशी उत्पादनको प्रयोग बढेसँगै निर्यातमा कमी आउने उनको भनाइ छ । आयात बढिरहेको अवस्थामा स्वदेशी उत्पादनको खपत बढाउन सके देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै सेलवेज ग्रुपका अध्यक्ष सुशीलमान प्रधानाङगले नेपाली उत्पादनलाई उपभोक्तामाझ थप परिचित गराउन मेड इन नेपाल अभियानले टेवा पुर्याउने विश्वास व्यक्त गरे । ‘नेपाली उत्पादनलाई प्रवद्र्धन तथा प्रोत्साहन गर्ने लक्ष्यसहित यो अभियान सुरू गरिएको होे,’ उनले भने । सेल्सवेरीको सीतापाइला, सातदोबाटो, बत्तिसपुतली, महाराजगन्ज शाखा र पोखरास्थित सेलवेजको चिप्लेढुंगा, लेकसाइड, शान्तनगर शाखामा नेपाली उत्पादनका छुट्टाछुट्टै स्टल नै राखेर मेड इन नेपाल अभियान सुरु गरिएको छ । अन्य स्टोर्समा पनि नेपाली उत्पादनलाई प्राथमिकताका साथ प्रवद्र्धन, प्रदर्शन तथा बिक्री वितरण गरिने उनले जानकारी दिए ।

jutta mela

नेपाली उत्पादन खरिद तथा प्रयोग गर्ने क्रम बढाउन अभियानले प्रोत्साहन मिल्ने बिजनेस अफिसर चेतनारायण पौडेलले बताए । ‘पलायनको अवस्थामा पुगेका तथा तथा देशलाई आफ्नै उत्पादनले आत्मनिर्भर बनाउँ भनी संघर्ष गरिरहेका नेपाली ब्रान्डलाई हौसला बढाउन कार्यक्रम सफल हुनेमा हामी विश्वस्त छौं,’ उनले भने । गरिबी न्युनीकरण, आन्तरिक रोजगारी सिर्जना, नेपाली उत्पादनको विश्वव्यापी पहिचान तथा व्यापार घाटा न्युनीकरण गरि कालान्तरमा देशको अर्थ व्यवस्थामा टेवा पुर्याउन कार्यक्रम कोशेढुंगा सावित हुने उनको भनाइ छ । अभियान अवधिभर २ महिनासम्म नेपाली उत्पादनमा आकर्षक छुट प्रदान हुने भएकाले उपभोक्तासमेत लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ । मेड इन नेपाल अभियान अन्तर्गत बनाइएको प्याभेलियनमा २० वटा स्वदेशी कम्पनीका स्टलहरु छन् ।

उद्घाटन कार्यक्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक हरि पंगेनी, उपभोेक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो ।

सन् १९९३ मा पोखराको चिप्लेढुंगाबाट खाद्य पसलका रुपमा व्यावसायिक यात्रा सुरुवात गरेको सेलवेजले अहिले पोखरा र काठमाडौंका विभिन्न ठाउँमा आधुनिक सुपरमार्केटहरुबाट सेवा प्रदान गरिरहेको छ । सन् २००४ बाट काठमाडौं प्रवेश गरेको सेलवेज सन् २०१४ बाट सेल्सबेरी नामबाट पनि सञ्चालनमा आएको हो । यी दुई कम्पनी सिस्टर कम्पनीका रुपमा सञ्चालनमा छन् ।

You might also like

Comments are closed.