सेल्सवेरीले नेपालकै ठूलो र सुविधासम्पन्न भवनबाट विश्वस्तरीय सेवा प्रदान गर्दै

काठमाडौं । सेल्सवेरी डिपार्टमेन्ट स्टोर्सले नेपालकै ठूलो र सुविधासम्पन्न भवनबाट सेवा प्रदान गर्ने तयारी गरेको छ । सेल्सबेरीले काठमाडौंको महाराजगञ्जमा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न भवनबाट सेवा सञ्चालनमा ल्याउन लागेको हो ।

डेढ अर्ब रुपैयाँ लगानीमा सेल्सबेरीले अत्याधुनिक सुविधा सम्पन्न र आकर्षक भवन निर्माण गरेको हो । असोज १२ गतेबाट आंशिक रुपमा उक्त भवनबाट सेवा सुरु हुने र पूर्ण रुपमा सेवा सुरु गर्न केही महिना लाग्ने प्रमुख कार्यकारी अधिकृत सुशीलमान प्रधानाङगले जानकारी दिए । ‘यो भवन सपिङमा नयाँ गन्तव्यका रुपमा विकसित हुनेछ,’ उनले भने, ‘नेपालमै विश्वस्तरीय सेवा प्रदान गर्न सकिन्छ भन्ने उदाहरण हामीले दिदैछौं ।’

ग्रोसरी, घरायसी, इलेक्ट्रोनिक्स लगायत सम्पूर्ण सामानहरु एकै भवनबाट ग्राहकले खरिद गर्न सक्नेछन् । रुफटप रेष्टुरेन्टसहित स्विमिङ पुलको मज्जा पनि लिन सकिनेछ । स्पा, ज्याकुजी लगायत बारको सुविधा पनि भवनमा उपलब्ध हुनेछ ।

jutta mela

सेलवेज ग्रुपले ३० वर्ष अगाडि सेवा सुरु गरेको महेन्द्रपुल ब्रान्चलाई पनि स्तरउन्नती गरेर सुविधा सम्पन्न र अत्याधुनिक बनाइएको छ । दुवै ठाउँबाट असोज १२ देखि सेवा सुरु हुने प्रधानाङगले जानकारी दिए ।

यसैबीच, सेल्सवेरीले ‘भेन्डर मिट’ कार्यक्रम सम्पन्न गरेको छ । सेल्सबेरीको ३०औं वार्षिकोत्सवको अवसरमा शुक्रबार कार्यक्रम आयोजना गरिएको हो ।

उक्त अवसरमा बोल्दै सेल्सबेरीका संस्थापक प्रमुख कार्यकारी अधिकृत सुशीलमान प्रधानाङगले ग्राहकको अथाह मायाका कारण सेल्सवेरीले ३० वर्षसम्म अनवरत रुपमा सेवा प्रदान गर्न सफल रहेको बताए ।

You might also like

Comments are closed.