काठमाडौं । सेल्सवेरी डिपार्टमेन्ट स्टोरद्वारा आयोजित मेड इ नेपाल अभियान सम्पन्न भएको छ । गत माघ १ गते सुरू भएको यो अभियान २ महिनासम्म चलेको थियो । अभियानको सोमबार एक कार्यक्रमबीच समापन गरिएको छ ।
नेपाली उत्पादनलाई थप परिचित गराउन अभियान सफल भएको सेल्सवेरीले जनाएको छ । २ महिने अभियान समापन भएपनि नेपाली उत्पादन प्रतिको प्राथमिकता जारी रहने सेल्सवेरीका कार्यकारी अध्यक्ष सुशीलमान प्रधानाङगले जानकारी दिए ।
नेपाली उत्पादनलाई आम जनमानसमा परिचित गराउन र प्रयोग गर्न प्रेरित गर्न कार्यक्रमले प्रत्यक्ष योगदान पुगेको र आगामी दिनमा पनि आवश्यकता अनुसार कार्यक्रम गरिने चिफ विजनेश अफिसर सि.एन.पौडेलले बताए ।
कार्यक्रममा बोल्दै सेल्सवेरीका चिफ अपरेटिङ अफिसर रमेश कार्कीले नेपाली ब्रान्डलाई प्रवर्द्धन गर्न अभियान सफल भएको बताए ।
चौधरी ग्रुपका मीलन राणा, माटो ब्राण्डका राजेश लामिछाने, सेन्चुरी ब्रान्डका पदम कार्कीले सेल्स फिगर बढाउन अभियानले सहयोग मिलेको बताए ।
Comments are closed.