सेल्सबेरी र सेलवेजमा आकर्षक छुट, स्कुटर जित्ने मौका

काठमाडौं । सेल्सबेरी डिपार्टमेन्टल स्टोर्स काठमाडौं र सेलवेज पोखराले दसैं तिहारको अवसरमा विशेष छुटसहितको अफर सार्वजनिक गरेको छ । करिब ३ हजार प्रकारका सामानमा आकर्षक छुट प्रदान हुने गरी छुट अफर ल्याइएको बताइएको छ ।

चाडपर्वको अवसरमा विशेष अफर ल्याउँदै ग्राहकलाई छुट प्रदान गरिएको चिफ बिजनेश अफिसर चेतनारायण पौडेलले जानकारी दिए । टिभी, फ्रिज, वासिङ मेसिन र ओभनको खरिदमा १० प्रतिशत छुट लागु हुनेछ ।

सेल्सबेरीका सातदोबाटो, महाराजगन्ज, सीतापाइला तथा सेलवेज पोखराका शाखाहरुमा टिभी, फ्रिज, वासिङ मेसिन र माइक्रोवेभ ओभनको खरिद गर्ने ग्राहकहरु मध्येबाट एक जनालाई १२५ सिसीको यामाहा फ्यासिनो स्कुटर उपहार प्रदान गरिनेछ । सामान खरिद गर्ने ग्राहकले कुपन प्राप्त गर्नेछन् । कुपन प्राप्त ग्राहक मध्येबाट लक्की ड्रका आधारमा एक जना भाग्यमानी ग्राहकलाई स्कुटर उपहार प्रदान हुनेछ ।

jutta mela

उपभोक्ताहरुको सुविधालाई ध्यानमा राख्दै खाद्यान्न, ग्रोसरी, लत्ताकपडा तथा दैनिक उपभोग्य सामानको खरिदमा विशेष छुट प्रदान गरिएको सेल्सबेरीले जनाएको छ । ‘ग्राहकले सोचे भन्दा धेरै छुटसमेत हामीले प्रदान गरेका छौं,’ उनले भने ।

You might also like

Comments are closed.