‘मन्टेश्वरी पद्धतीहरु फलो गर्नु भएको छ कि छैन त्यो सबै हेर्नुपर्छ’

साल्बी वास्तोला मर्सानी, अध्यक्ष, मन्टेश्वरी एसोसियसन कास्की

कास्कीमा हामीसँग आवद्ध भएका कुल ४८ वटा मन्टेश्वरी स्कूलहरु छन् । अहिले हामीले बालबालिकालाई बाल प्रतियोगितका लागि गीत, कविताका लागि तालिम, विभिन्न मोटिभेशन तालिमहरु दिइरहेका छौं । साथै शिक्षकहरुलाई हामीले विभिन्न तालिमहरु दिइरहेका छौं । म पोखरा मन्टेश्वरी एसोसियसन कास्कीको संस्थापक सदस्य हो ।

एसोसियसनको म तेस्रो अध्यक्ष हो । हामीसँग आवद्ध भएका ४८ वटा मन्टेश्वरी स्कूल मध्ये प्रायले आफ्नो तरिकाले चलाइ रहनु भएको छ । त्यसमा कतिपयले ल्यावमा ल्याएर पढाउनुहुन्छ । कतिपयले मन्टेश्वरी मात्रै नभई एज अ होल सबै मिक्स गरेर पढाइ राख्नुभएको छ ।

आफ्ना नानीबाबुहरुलाई भर्खरै भर्ना गर्ने तयारीमा रहनुभएका अभिभावकहरुलाई पहिला मन्टेश्वरी विधि भनेको के हो ? त्यो स्कूलमा मन्टेश्वरी पद्धतीहरु फलो गर्नु भएको छ कि छैन, त्यो सबै हेर्नुपर्छ । यसका साथै बालबालिकालाई राख्ने वातारवरण कस्तो छ, शिक्षकहरु कतिको ट्रेनर हुनुहुन्छ, आयाहरु कतिको ट्रेनर हुनुहुन्छ यो सबै हेरेर बुझेर मात्रै आफ्ना बच्चाहरुलाई भर्ना गर्न अनुरोध गर्छु ।

(वसन्त पञ्चमीका अवसरमा पोखरा मन्टेश्वरी एसोसियसन कास्कीका अध्यक्ष साल्बी वास्तोला मसानीसँग गरिएको कुराकानीमा आधारित)

lcci
You might also like

Comments are closed.