सौन्दर्यकला व्यवसायी संघ भक्तपुरको अध्यक्षमा ध्वजू पुनः निर्वाचित

काठमाडौं ।  सौन्दर्य कला व्यवसायी संघ नेपाल भक्तपुर जिल्ला समितिको अध्यक्षमा समिता ध्वजू पुनः निर्वाचित भएकी छन् ।

असार ३२ गते भएको सौन्दर्य कला व्यवसायी संघ नेपाल भक्तपुर जिल्ला समितिको १५ औँ बार्षिक साधारण सभा तथा पाचौँ अधिवेशनबाट आगामी कार्यकालका लागि  ध्वजु पुनः अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी हुन् ।

साधारणसभाको उद्घाटन सौन्दर्यकला व्यवसायी महासंघकी केन्द्रीय अध्यक्ष कमला श्रेष्ठले गरेकी थिइन्।संघको १५औँ वार्षिक साधारणसभा तथा पाँंचौ अधिवेशनबाट ध्वजूको अध्यक्षतामा १५ सदस्यीय नयाँं कार्यसमिति निर्वाचित भएको हो।

त्यस्तै,समितिको उपाध्यक्षमा रेश्मा प्रधान, सचिवमा अनिता व्याञ्जु, सहसचिवमा मुना राउत, कोषाध्यक्षमा बसन्ती त्वायना र सहकोषाध्यक्षमा अस्मिता श्रेष्ठ चयन भएका छन् ।

यस्तै सदस्यहरूमा चण्डिका ज्यापू, नरेश कारञ्जित, अनिता त्वाायना, शुभद्रा थापा, शर्मिला दुमरु, दीपा ध्वजू र शान्ति सुवेदी चयन भएका छन् । समितिको सल्लाहकारमा मोहनप्रसाद प्रजापती चयन भएका छन् ।

त्यस अवसरमा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धर, भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेमकृष्ण खर्वुजालगायतले सौन्दर्यकलाका विविध विषयमा चर्चा गरेका थिए।

You might also like

Comments are closed.