काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले धनगढीमाई–८ कसाहास्थित दुर्गा मन्दिरमा भक्तजनलाई पिउने पानी, जुस वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
बडादशैँको पहिलो दिन घटस्थापनाको अवसर पारेर पिउने पानी, जुस वितरण गर्दै एकापसमा शुभकामना आदानप्रदान गरिएको फाइनान्सले जनाएको छ ।
सोही अवसरमा मन्दिरमा कलश शोभा यात्रा निकालिएको छ । मन्दिरबाट निस्किएको कलश यात्रा देवीटोकी दहबाट जल भरेर ग्रामपरिक्रमा गर्दै पुनः मन्दिर परिसरमै फर्किएको थियो । कलश यात्रामा धनगढीमाई नगरपालिका–६, ७ र ८ का ५ सय बढी भक्तजन सहभागीता जनाएका थिए ।
समाजप्रति उत्तरदायी रहँदै समृद्धि फाइनान्सले विगतदेखि नै विभिन्न सामाजिक कार्य गर्दै आएको छ । हाल देशभरका १३ वटा शाखामार्फत फाइनान्सले ईसिसि, मोबाइल बैंकिङ, कनेक्ट आईपिएस, आईपिएस, आरटिजिएस लगायत सम्पूर्ण आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।
Comments are closed.