समृद्धि फाइनान्सका ग्राहकलाई सुबिशुको नेटमा भारी छुट

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले दिन सुबिशु केबल नेटवर्क समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रअनुसार फाइनान्सका सम्पूर्ण ग्राहकले सुबिसुको नयाँ जडानमा विभिन्न आकर्षक छुट पाउनेछन् । ग्राहकले ३ सय एमबिपिएस ब्यान्डविथ इन्टरनेट जडानमा १५ प्रतिशत, २ सय र ८० एमबिपिएस जडान गर्दा ५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बताइएको छ ।

यस किसिमको सहकार्यबाट फाइनान्सका ग्राहक लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । छुटसम्बन्धी विस्तृत विवरण फाइनान्सको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निःशूल्क प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.