काठमाडौं । शिवरात्रिको अवसरमा पशुपती नाथको मन्दिर दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरुलाई समृद्धि फाइनान्स लिमिटेडले माक्स र पानी वितरण गरेको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै फाइनान्सले भक्तालुहरुलाई माक्स र पानी वितरण गरेको हो । फाइनान्सले समय समयमा सामाजिक उत्तरदायित्व बहन अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।
फाइनान्सको शाखा सञ्जाल ५ वटा पुगेको छ । आगामी दिनमा नयाँ शाखाहरु सञ्चालनको तयारीमा रहेको फाइनान्सले जनाएको छ । यसैक्रममा चितवन शाखाको शुक्रबार औपचारिक उद्घाटन हुने कार्यक्रम रहेको छ ।
संस्थाले आइपिएस, कनेक्स आइपिएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ लगायतका सेवाहरु आफ्ना ग्राहकलाई प्रदान गरिरहेको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको फाइनान्सले हायर पर्चेज, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनीले जानकारी दिए ।
Comments are closed.