चितवन । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले शाखा विस्तार गरेको छ । चितवनको नारायणगढस्थित मिलनरोड शाखाको शुक्रबार उद्घाटन गरिएको छ ।
संस्थाका अध्यक्ष तथा प्रमुख अतिथि विनोद कुमार सुवेदी, सञ्चालक दीपक अधिकारी र चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलले एक कार्यक्रमबीच शाखा उद्घाटन गरेका हुन् । यस अगाडि यही फागुन १२ गते पोखराको चिप्लेढुङ्गामा शाखा उद्घाटन भएको थियो ।
नयाँ शाखाहरु सहित देशभरि संस्थाको शाखा सञ्जाल पाँचवटा पुगेको छ । संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनीले जानकारी दिए ।
संस्थाको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ लगायतका सेवाहरु प्रदान गरिरहेको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको संस्थाले हायर पर्चेज, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको लोहनले बताए ।
Comments are closed.