समृद्धि फाइनान्स र ग्रोथ सेलरबीच सम्झौता

काठमाडौं । समृद्धि फाइनान्स र ग्रोथ सेलर प्रा.ली. बिच जनशक्ति व्यवस्थापनसम्बन्धी सम्झौता भएको छ । यो सम्झौता पछि समृद्धि फाइनान्सको लागि आवश्यक जनशक्ति नियुक्तिका लागि ग्रोथ सेलरले सम्पूर्ण जनशक्ति नियुक्तिका प्रकृयामा सहयोग गर्नेछ ।

संस्थाको विभिन्न शाखामा आवश्यक जनशक्ति दक्ष अर्धदक्ष, सिकारु आवश्यकता हेरि नियुक्तिको लागि ग्रोथ सेलरले समन्वय गर्नेछ । समृद्धि फाइनान्सलाई आवश्यक जनशक्तिको नियुक्तिमा सहज पहुँच गराई संस्थाको प्रगतिमा ग्रोथ सेलरले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै ग्रोथ सेलर प्रा. लि.का संस्थापक अध्यक्ष मोहन ओझाले समृद्धिसँग जोडिन पाउनु खुशीको कुरा रहेको बताए ।

त्यस्तै संस्थाको तर्फबाट उक्त सम्झौतामा हस्ताक्षर गरेका मानव संसाधन विभागका प्रमुख रामहरि रिमालले उक्त सम्झौताबाट संस्थाले आगामी दिनमा अति आवश्यक अवस्थामा नयाँ जनशक्ति नियुक्ति गर्न सहज अवस्था सिर्जना गरेको र यसले दुवै संस्थालाई फाइदा पुग्ने विचार व्यक्त गरे ।
समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजनाअन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ ।

MANASLU

यसका साथसाथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको छ । साथै शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन गर्ने तयारी छ ।

You might also like

Comments are closed.