समृद्धि फाइनान्सले तयार गर्‍यो भलिबल टिम

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले भलिबल टिम तयार गरेको छ ।

फाइनान्सले तयार गरेको टिममा नेपालको तर्फबाट नेसनल गेम खेलिसकेका खेलाडी कपिल छेत्री र बालकुमार रायमाझी रहेका छन् भने जिल्ला स्तरीय गेम खेलिसकेका खेलाडीहरु राम कुमार तमाङ्ग, अमित ताम्राकार र तारा भण्डारी रहेको यस संस्थाका का.मु. प्रमुख व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएको फाइनान्सले जनाएको छ ।

किंग्स क्लब काठमाडौंको आयोजनामा हुन गईरहेको स्वर्गीय बिनय पन्त स्मृति कप भलिबल प्रतियोगितामा भाग लिने जनाएको छ । प्रतियोगिता २०७९ श्रावण १९ देखि २१ गते सम्म ढोर पाटन भलिबल प्रशिक्षण केन्द्र ,नयाँबसपार्कमा हुने जनाइएको ।

MANASLU

त्यस्तै, समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ ।

फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ

You might also like

Comments are closed.