समृद्धि फाइनान्सद्वारा हेटौडा, पुतलीसडक र बुटवलमा शैक्षिक सामग्री वितरण

काठमाडौं ।  समृद्धि फाइनान्सले हेटौडा, पुतलीसडक र बुटवलमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

फाइनान्सले हेटौडा उ.म.न.पा.वडा न.१ मा रहेको अमर माध्यमिक विद्यालय, काठमाडौंको महाराजगंजमा रहेको शिवपुरी उच्च माध्यमिक विद्यालय र बुटवल वडा न.११ मा रहेको  मायादेवी जनजागृति आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण कार्यक्रम आयोजना गरेको थियो ।

यस कार्यक्रम अन्तरगत २७० जना विद्यार्थीहरुलाई १ हजार ३ सय ५० थान कापी र २७० थान पेन वितरण भएको यस संस्थाका का.मु. प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन ।

jutta mela

फाइनान्सले श्रावण २५ गते नारायणगढ भ.म.न.पा.वडा न.१ मा रहेको  राष्ट्रिय आधारभूत विद्यालय र पोखरा वडा न. २१ मा रहेको  बयाली आधारभूत विद्यालयमा पनि शैक्षिक सामाग्री वितरण कार्यक्रम आयोजना गरेको थियो ।फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको जनाएको छ ।

फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत, र बचत निक्षेपमा अधिकतम १० प्रतिशतसहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ ।

समृद्धि फाइनान्सले मुद्दति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथसाथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ ।

फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

 

You might also like

Comments are closed.