समृद्धि फाइनान्सद्वारा कुर्सि र डस्टबिन वितरण

पोखरा । समृद्धि फाइनान्सले भदौ २६ गते संस्थागत सामाजिक उक्तरदायित्व अन्र्तगत पोखरा शाखाबाट कुर्सि तथा डस्टबिन वितरण गरेको छ । उक्त सामानहरु प्रगतिशिल नारी समुह, पोखरा–८ लाई वितरण गरिएको हो ।

समृद्धि फाइनान्सले भदौ महिनाको सामाजिक उत्तरदात्वि अन्तर्गत नारी विशेष कार्यक्रम गर्ने तालिका बनाएको र सोहि कार्यक्रम अन्तर्गत पोखरा शाखाद्वारा प्रगतिशिल नारी समुहलाई बाह्र वटा डल्फिन कुर्सि र डस्बिन उपलब्ध गराइएको हो । उक्त कार्यक्रममा समुहका सदस्यहरु, समाजसेवि तथा टोलबासीहरुको सहभागिता रहेको थियो ।

साथै फाइनान्सले भदौ महिनामा महिला विशेष अभियानहरु चलाई रहेको छ । सम्पूर्ण महिलाहरुले भदौ महिनामा यस फाइनान्समा समृद्धि गृह लक्ष्मी बचत खाता खोलि उच्च ब्जादरको प्रतिफलका साथै निःशुल्क डिजिटल बैकिङको फाइदा लिन सक्नेछन् ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ र मोवाइल बैंकिङ, डेबिट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.