समृद्धि फाइनान्स बनेपा शाखाले मनायो दोस्रो वार्षिकोत्सव

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड बनेपा शाखा कार्यालयले आफ्नो दोस्रो बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा फाइनान्सका कार्यकारी निर्देशक टिकानिधि लोहोनीले समृद्धि फाइनान्समा ग्राहकले गरेको विश्वास र साथको लागि धन्यवाद दिए । साथै आगामी दिनमा पनि फाइनान्सले उच्च साथ सहयोगको अपेक्षा राखेको उनले बताए ।

स्थानीय व्यापारी, वचतकर्ता, बुद्विजीवी लगायत सहभागी यस कार्यक्रममा विभिन्न व्यक्तिले आ–आफ्नो विचार व्यक्त गर्दै फाइनान्सको प्रगतिको शुभकामना दिएका छन् । समृद्धि फाइनान्स कम्पनी लिमिटेड नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको फाइनान्स हो ।

समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निःशूल्क प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.