समृद्धि फाइनान्सको जनकपुर शाखाले मनायो दोश्रो बार्षिकोत्सव

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको जनकपुर शाखा कार्यालयले आफ्नो दोश्रो बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा शाखाका शाखा प्रबन्धक अमरकुमार चौधरीले सहभागीलाई समृद्धि फाइनान्समा गरेको विश्वास र साथको लागि धन्यवाद दिनुका साथै आगामी दिनमा पनि फाइनान्सले उच्च साथ र सहयोगको अपेक्षा राखेको बताए ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले स्थानीय व्यापारीहरु, वचतकर्ताहरु, बुद्विजिवी लगायतको सहभागीतामा कार्यक्रम भएको हो । कार्यक्रममा विभिन्न व्यक्तिले आ–आफ्ना भनाई राख्दै फाइनान्सको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन् ।

समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ । मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निःशूल्क प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.