समृद्धि फाइनान्सका ग्राहकलाई क्यापिटल हस्पिटलमा छुट

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले क्यापिटल हस्पिटल प्रा.लि.बागबजार, काठमाडौसँग समझदारी गरेको छ ।

समझदारी अन्तर्गत फाइनान्सका शेयर सदस्य, कर्मचारी तथा खातावालाले २०८१ असार १२ देखि २०८३ असार ११ गते सम्म समृद्धि मोबाइल बैंकिङ र डेविड कार्ड प्रयोग गरी हस्पिटलमा स्वास्थ्य उपचार सेवामा भुक्तानी गर्दा भारी छुट पाउनेछन् ।

यस सुविधाबाट फाइनान्सका शेयर सदस्य, कर्मचारी तथा खातावाला लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट संस्थाका प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत शुभाष श्रेष्ठ र हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक प्रो.डा अशोक रत्न बज्राचार्यले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ ।

हस्पिटलबाट अर्थोपेडिक (अपरेशन/प्रक्रिया शुल्क), स्त्री रोग (अपरेशन/प्रक्रिया शुल्क), सामान्य शल्यक्रिया (अपरेशन/प्रक्रिया शुल्क), फिजियोथेरापीमा, फार्मेसीमा, बेड चार्जमा १०/१० प्रतिशत, अल्ट्रा साउन्ड र प्रयोगशाला सेवामा (सबै उपलब्ध परीक्षणहरूको लागि) १५/१५ प्रतिशत र एक्स–रे मा २०/२० प्रतिशत छुट दिइने भएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ । मोवाइल बैंकिङ डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निःशूल्क प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.