समृद्धि फाइनान्सका ग्राहकलाई मेघा हस्पिटलमा छुट

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले मेघा हस्पिटल प्रा.लि. सानेपा काठमाडौंसँग समझदारी गरेको छ ।

समझदारी अन्तर्गत फाइनान्सका सम्पुर्ण खातावालाले २०८१ असार २१ गतेदेखि २०८३ असार २० गतेसम्म समृद्धि मोबाइल बैकिङ र डेविड कार्ड प्रयोग गरी हस्पिटलमा स्वास्थ्य उपचार सेवाको उपभोग गरी भुक्तानी गर्दा ३० प्रतिशत र फार्मेसीमा १५ प्रतिशत छुट पाउनेछन् ।

यो सुविधाबाट फाइनान्सका सम्पुर्ण खातावालाहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट संस्थाका प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत शुभाष श्रेष्ठ र हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक किशोरजंग रानाले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ । मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निःशूल्क प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.