काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले शुक्रवार आज ट्याक्सी स्ट्यान्ड, पुतलीसडकमा रक्तदान कार्यक्रम गरेको छ । काठमाडौं महानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा भएको कार्यक्रममा ७२ पिन्ट रगत सङ्कलन भएको छ ।
फाइनान्सले यसअघि इटहरी र जनकपुर शाखामार्फत पनि रक्तदान कार्यक्रम आयोजना गरिसकेको छ । तीनवटै शाखाबाट जम्मा १३१ पिन्ट रगत सङ्कलन भएको फाइनान्सले जनाएको छ । समृद्धि फाइनान्स सधैं ग्राहक हितमा समर्पित रहँदै समाज सेवाका गतिविधिमा संलग्न रहन प्रतिवद्ध छ । आगामी दिनमा यस्ता कार्यक्रममार्फत संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखामार्फत कारोबार गर्दै आएको छ । आर .टि .जि .एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ र मोवाइल बैंकिङ डेबिट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको बैंकले जनाएको छ ।
Comments are closed.