काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कुमार घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
सीईओ घिमिरेले संस्थाको सञ्चालक समितिका अध्यक्ष ठाकुर प्रसाद भट्टराई समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी आफ्नो जिम्मेवारी सम्हालेका छन् । कम्पनीका तत्कालीन सीईओ टीकानिधि लोहनीले राजीनामा दिएपछि कम्पनीको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई वैशाख १ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो ।
यस अघि घिमिरे गोर्खाज फाइनान्सको सीईओको जिम्मेवारीमा थिए । लामो समयको बैंकिङ अनुभव तथा नेतृत्व क्षमताका आधारमा घिमिरेलाई सीईओमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।
Comments are closed.