काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड मधुवन शाखा कार्यालयले पहिलो बार्षिकोत्सव मनाएको छ । शाखाले बर्ष दिनमा गरेको प्रगति विवरण प्रस्तुत गरिएको छ ।
शाखाले स्थापनाकालदेखि हालसम्म २१ सय ग्राहकलाई आवद्ध गर्दै ४ करोड ८० लाख बचत सङ्कलन र १ करोड ४७ लाख लगानी गर्न सफल भएको शाखा प्रमुख केशव पौडेलले जानकारी दिए । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको यस फाइनान्सले बरहाक्षेत्र नगरपालिकाका स्थानीय व्यापारी, वचतकर्ता, बुद्विजिवी, समाजसेवी, सुरक्षा निकायका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।
शाखाले आगामी दिनमा स्थानीय आवश्यकता अनुसारको कर्जालाई प्राथमिकता दिई गुणस्तरिय कर्जा लगानीमा अगाडि बढ्ने र बैंकिङ सेवालाई थप शसक्त बनाउन स्थानीय जनचाहना बमोजिम कार्यलाई प्राथमिकता दिई कार्य गर्ने शाखाको कार्ययोजना रहेको छ ।
यस फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ । मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निःशूल्क प्रदान गरिरहेको छ ।






Comments are closed.