पोखरामा समृद्धि फाइनान्सको शाखा

पोखरा । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले गण्डकी प्रदेशको राजधानी पोखरामा शाखा विस्तार गरेको छ । पोखराको चिप्लेढुंगामा सञ्चालनमा आएको शाखाको बुधबार एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशका निर्देशक ईश्वरी प्रसाद भट्टराईले उद्घाटन गरे ।

मकवानपुरको हेटौंडामा प्रधान कार्यालय रहेको फाइनान्सको अन्य शाखा काठमाडौंको पुतलीसडक र बुटवलमा छ । चितवनको नारायणगढमा शाखा सञ्चालनमा आइसकेको छ । चितवन शाखाको औपचारिक उद्घाटन छिट्टै हुने प्रमुख कार्यकारी अधिकृत टिकानिधी लोहनीले जानकारी दिए ।

आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजनामा फाइनान्स छ । संस्थाले आइपिएस, कनेक्ट आइपिएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

निक्षेपमा आकर्षक व्याजदर कायम गरेको संस्थाले हायर पर्चेज, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।

You might also like

Comments are closed.