समृद्धि फाइनान्सद्वारा जनकपुरको वृद्धा आश्रममा न्यानो लुगा वितरण

 

जनकपुर । समृद्धि फाइनान्सले जनकपुरमा न्यानो लुगा वितरण गरेको छ । फाइनान्सले जनकपुर वडा नं ८ मा रहेको जानकी वृद्धा आश्रममा वृद्धवृद्धालाई कम्बल वितरण गर्ने कार्यक्रम आयोजना गरेको थियो ।

यस कार्यक्रम अन्तर्गत २० जना वृद्धवृद्धालाई जनकपुर शाखा प्रमुख अमर चौधरी र जानकी वृद्धा आश्रमका कोषाध्यक्ष ललित बजाजको उपस्तिथिमा कम्बल वितरण गरिएको व्यवसाय प्रवर्द्धन अधिकृत सुरजकुमार सर्राफले जानकारी गराएका छन् ।

फाइनान्सले मंसिर २८ गते पनि बनेपा वडा न. ८ मा रहेको चैतन्य माध्यमिक विद्यालयका २६ जना विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरेको थियो । फाइनान्सले समय–समयमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु गर्दै आएको जनाएको छ ।

You might also like

Comments are closed.