सांसदले उठाए गुठी विधेयकदेखि डेङ्गु नियन्त्रणसम्मका विषय

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसदले डेङ्गु नियन्त्रणका लागि सरकारले गरिरहेको कामका बारेमा सदनलाई जानकारी गराउन माग गरेका छन् ।

बैठकमा सांसद प्रेम सुवालले डेङ्गु रोगले जनता पीडित रहेको अवस्थामा यसलाई नियन्त्रण गर्न सरकारले के काम गरिरहेको छ भनेर स्वास्थ्य मन्त्रीले सदनलाई जानकारी गराउनपर्ने माग गरे । साथै उनले सबै दलले समाजवादी व्यवस्थाको विचारधारा अपनाएको भएपनि त्यसलाई जनजीवनमा कार्यान्वयन गर्न कुनै काम नगरेको आरोप लगाए ।

jutta mela

सांसद खगराज अधिरारीले गुठीको समस्या समाधान गर्न हालै सरकारले अघि बढाएको गुठी विधेयकले कसरी समस्या समाधान गर्न सक्छ भनी सरकारसँग जवाफ माग गरे । उनले अघिल्लो सरकारले मुलुकभर एक सय ६५ निर्वाचन क्षेत्रमा अघि बढाएका सडक आयोजनाका लागि वर्तमान सरकारले बजेट निकासा नगरेको आरोप लगाए ।

सांसद डा सूर्य पाठकले दोस्रो विश्व युद्धताका बर्मा, थाइल्याण्ड, मलेसियालगायत विभिन्न मुलुक पुगेका थातथलो नेपालमै भएका नेपालीहरु (पिपुल्स अफ ओरिजिन नेपाल)लाई गैरआवासीय नेपालीलाई प्रदान गरिने जस्तै परिचय पत्र प्रदान गर्न सुझाव दिए । सांसद हितबहादुर तामाङले संविधानअनुसार सबै जातजाति, भाषाभाषीले आफ्नो भाषा प्रयोग गर्न पाउने गरी व्यवस्था गर्न सरकारसँग माग गरे ।

You might also like

Comments are closed.