काठमाडौं । मनसुनको मौसमसँगै चिस्यान र पानीका कारण क्षति भई बिग्रिएका मोबाइललाई मर्मत गर्नका निम्ति सामसुङ नेपालले सामसुङ मनसुन क्याम्प सुरु गरेको छ ।
ग्राहकलाई स्मार्टफोनको सबैभन्दा संवेदनशील भाग, चार्जिङ पोर्ट, मर्मतका लागि सहयोग गर्ने उद्देश्यले ल्याइएको हो । अगस्ट २४ गतेसम्म सञ्चालन हुने ग्राहक सेवा अभियानमा सामसुङ प्रयोगकर्ताले वारेण्टी भए वा नभएको कुराले फरक नपारी, अधिकृत सामसुङ सेवा केन्द्रमा गएर नुक्सान भएको चार्जिङ पोर्ट निःशुल्क परिवर्तन गराउन सक्नेछन् ।
चार्जिङ पोर्टको प्रतिस्थापन निःशुल्क हुनेछ । श्रम शुल्क र थप पाट्र्सको लागत ग्राहकले आफैंले व्यहोर्नुपर्नेछ । यो सेवा सामसुङका अधिकृत सेवा केन्द्रमा मात्र उपलब्ध हुनेछ ।
सामसुङ नेपालका डेपुटी जनरल म्यानेजर तथा प्रमुख राजन भट्टराईले सामसुङ नेपालमा ग्राहकलाई मौसम जे भएपनि टेन्सन–फ्री अनुभव दिन प्रतिबद्ध रहेको बताए । वर्षामा विशेषगरी चार्जिङ पोर्टमा असर गर्ने चिस्यान र पानीका जोखिमहरू बढ्ने हुनाले हामी मनसुन क्याम्पमार्फत समयमै मर्मत सुविधा दिन चाहेको उनी बताउँछन् ।
सामसुङले सबै प्रयोगकर्तालाई यो सीमित समयको सेवा उपयोग गर्न आग्रह गरेको छ । थप जानकारी तथा नजिकको सेवा केन्द्र पत्ता लगाउनका लागि सामसुङ कस्टुमर केयरमा सम्पर्क गर्न सकिनेछ ।
Comments are closed.