सञ्चार सहकारी दसौं वर्षमा प्रवेश

पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको सञ्चार बचत तथा ऋण सहकारी संस्था आजबाट दसौं वर्ष प्रवेश गरेको छ । २०६७ वैशाख ३ गते स्थापना भएको सहकारीले आज विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउँदैछ ।

बिहान पहिलो कारोबार गर्ने सेयर सदस्यलाई सम्मान गरी प्रमुख अतिथि बनाएर दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको अध्यक्ष विनोद ढुंगानाले जानकारी दिए ।

दिउसो १ बजे महेन्द्र माध्यमिक विद्यालय नयाँबजारमा विद्यार्थीहरुबीच निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको छ । साँझ सिटी स्वायरमा वार्षिकोत्सव विशेष समारोहको आयोजना गरिएको अध्यक्ष विनोद ढुंगानाले जानकारी दिए । सो अवसरमा उत्प्रेरणात्मक तालिम पनि आयोजना गरिएको छ ।

jutta mela

व्यवसाय प्रवद्र्धनका लागि सहयोगी हुने गरी तालिम आयोजना गरिएको अध्यक्ष ढुंगानाले जानकारी दिए । मोटिभेसनल ट्रेनर कृष्णप्रसाद भण्डारीले तालिम दिदैछन् । केक काटेर वार्षिकोत्सव मनाउने क्रममा सहकारीका नयाँ सदस्यलाई सम्मानसमेत गर्ने कार्यक्रम रहेको छ ।

वार्षिकोत्सवको अवसरमा सहकारीका अध्यक्ष विनोद ढुंगानाले शुभकामना सन्देश जारी गर्दै संचालक, सल्लाहकार, लेखा समिति लगायत विभिन्न समिति उपसमितिका संयोजक तथा सदस्यहरु, कर्मचारी, सम्पूर्ण शेयरधनी एवं शुभचिन्तकहरुमा आभार सहित हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

You might also like

Comments are closed.