सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ।

लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा छाड्न आदेश दिएको हो। यसअघि गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो ।

आदेशविरुद्ध सन्दीपका वकिलले उच्च अदालतमा पुनरावेदन दिएका थिए । नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा लामिछाने असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

You might also like

Comments are closed.