सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश

काठमाडौं । पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएका छन्। नाबालिग किशोरी बलात्कारको अभियोग लागेका लामिछाने धरौटीमा छाड्ने आदेशपछि साढे तीन महिना निलम्बनमा परेर फुकुवा भएसँगै टिममा समावेश भएका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले बुधबार सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो । राष्ट्रिय टिममा फर्काउने अधिकार भने खेलाडी छनोट समितिलाई दिइएको थियो ।

लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा नाबालिग बालिकालाई जबरजस्तीकरणीको मुद्दा विचाराधीन छ। जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश गरेको थियो ।

सो आदेशलाई उल्टाउँदै उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो ।

You might also like

Comments are closed.