सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई होटल भ्यु पोइन्टमा छुट

काठमाडौँं । सांग्रिला डेभलपमेन्ट बैंक काठमाडौं र भक्तपुरको नगरकोटमा रहेको होटल भ्यु पोइन्ट बीच सम्झौता भएको छ ।

बैंकका ग्राहक, शेयरधनी र कर्मचारीलाई होटलसंग सम्बन्धित सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले सम्झौता गरिएको छ । बैंकको तर्फबाट काठमाडौं क्लष्टर प्रमुख सुप्रिया श्रेष्ठ र होटलको तर्फबाट प्रबन्धक निर्देशक दिनेशभक्त श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी होटल भ्यु पोइन्टमा बैंकका ग्राहकलाई सेवामा २० प्रतिशत तथा बैंकका शेयरधनी र कर्मचारीलाई सेवामा २५ प्रतिशत कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले बैंकमा कार्यरत कर्मचारी तथा ग्राहकलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

You might also like

Comments are closed.