सानिमा बैंकको तीज कोसेली योजना सार्वजनिक

काठमाडौं । सानिमा बैंकले हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ ।

उक्त योजनाअन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो सेयर, मोबाइल बैंकिङ, एनसेल सिम कार्ड, ग्क्म् इ–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिनेछ ।

साथै, लकर शुल्कमा ७५ प्रतिशत छुट प्राप्त गर्न सकिने बैंकका नायब प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले जानकारी दिए । त्यसैगरी पहिलो पीओएस कारोबारमा १० प्रतिशत वा अधिकतम ५०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

jutta mela

यो योजना २०७९ भदौ १ देखि भाद्र १५ गतेसम्म लागू हुनेछ । साथै, क्यासब्याक योजना २०७९ भदौ मसान्तसम्म लागू हुनेछ । सानिमा बैंकको सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटिएम. संचालनमा रहेका छन् ।

You might also like

Comments are closed.